
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौैँ । नेपाल धितोपत्र बोर्डबाट सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी सोनापुरले कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ ।
त्यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij