Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

अधिवक्ता भगवती पाण्डे रिहा

अधिवक्ता भगवती पाण्डे रिहा

  • काठमाडौँ । अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पाण्डे पक्राउ परेकी हुन् । सार्वजनिक सञ्चारमाध्यमबाट तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

    images
    images
    images

    सोही उजुरीको आधारमा उजुरीका आधारमा जाँचबुझका लागि भन्दै पाण्डेलाई बुधबार जिल्ला प्रहरी परिसर टेकु बोलाइएको थियो । उनलाई टेकुमा नै पक्राउ गरिएको थियो ।

    काठमाडौँ जिल्ला अदालतबाट उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन प्रहरीले अनुमति मागेको थियो । तर उनलाई अदालतले हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन् ।

    एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij