
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गत मंसिर ४ मा भएको आम निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर २ बाट साउद निर्वाचित भएका थिए ।
साउदले यसअघि नै सामाजिक सञ्जालमार्फत निर्वाचन खर्च सार्वजनिक गरेतापनि आयोगलाई जानकारी नगराउँदा उनी आयोगबाट १५ हजार जरिवानामा परेका थिए ।
आयोगले तोकेको समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन् । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको विवरण उनले सार्वजनिक गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij