
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । तामाङ समुदायमा दाजु-बहिनीबीच विवाह चलेका कारण समाजमा अपराध बढेको भन्ने आशयको अभिव्यक्ति दिएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केही दिनअघि परेको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भगवतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए।पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पाण्डेले एक टेलिभिजनसँगको अन्तर्वातामा हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij