
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीको नाममा रहेको शेयर संस्थाले आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो ।
संस्थाका अनुसार उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०१ रुपैयाँ तोकिएको छ । अर्थात खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ ।
काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर ,सुर्खेतमा उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij