Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मकालु समाजद्धारा आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

मकालु समाजद्धारा आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

  • किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ  । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिनुभयो । 

    images
    images
    images

    सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताउनुभयो । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिनुभयो । 

    आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । बिहीबार नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij