Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बाढी–पहिरोबाट ३१ जनाको मृत्यु, २४ बेपत्ता

बाढी–पहिरोबाट ३१ जनाको मृत्यु, २४ बेपत्ता

  • काठमाडौं । यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन् ।

    images
    images
    images

    ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ । महाशाखाका अनुसार बाढी-पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ । गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन् ।

    ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ । त्यहाँ ३ जना अझै बेपत्ता छन् ।
    पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन् ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो । २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij