
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । कलंकीमा एक महिलालाई चक्लेटमा बेहोस हुने औषधि मिसाएर खान दिएर बेहोस बनाई बलात्कार गर्नुका साथै नग्न भीडीओ र फोटो खिचेको पाइएको छ । महिलालाई बेहोस बनाएर बलात्कार गरी नग्न बनाएर फोटो, भीडीओ खिचेर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ का २८ वर्षीय सनिस पौडल छन् ।
केही दिनपछि बलात्कार गर्ने सनिसले नै तिनै महिलालाई नग्न तस्बिर र भीडीओ पठाउँदै ब्ल्याकमेलिङ गर्दै रकम माग गरेका थिए । रकम नदिए नग्न तस्बिर र भीडीओ सार्वजनिक गर्ने भन्दै सनिसले रकम मागेपछि महिलाले उनलाई १ लाख रुपैयाँ दिएका थिइन् । त्यसको केही दिनपछि पुनः ब्याल्कमेलिङ गर्दै सनिले ती महिलासँग १० लाख रुपैयाँ माग गरेका थिए ।
ती महिलाबाट ३ लाख नगद, २ तोलाको सुनको सिक्री, १ तोलाको सुनको औंठी, १ तोलाको सुनको चुरा समेत महिलाबाट सनिसले लगेका थिए । यसपछि पनि पुनः ब्ल्याकमेलिङ गर्दै रकम माग गर्दै ती महिलालाई उनले हैरानी दिने गरेका थिए । अहिले उनीविरुद्ध जबरजस्ती करणी र आपराधिक एक्टर्सनको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij