
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको मलंगवामा कार्यरत अनुसन्धान अधिकृत वसन्त साह मृत अवस्थामा फेला परेका हुन् ।
सर्लाहीको फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुल नजिकै आज बिहान इन्सपेक्टर साहको शव फेला परेको हो । घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल समेत भेटिएको छ । नको घर सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पर्छ ।
अधिकृत साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij