
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । केन्द्रीय समिति बैठकको समीक्षा गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक जारी छ । साउन २ गते मंगलबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक बुधबार टुंगिदैछ ।
केन्द्रीय समिति बैठकमा भएका छलफलबाट निस्किएको निष्कर्ष समेटिएका निर्णयहरु सुनाएर बैठक सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।
सोही निर्णय लेख्नुभन्दा पहिला देउवाले पार्टी पदाधिकारी छलफलको आह्वान गरेका हुन् । केन्द्रीय समिति बैठक कांग्रेसले पहिलोपटक पार्टीको फेसबुक पेजबाट लाइभ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij