
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । बैतडीमा १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् । पञ्चेश्वर गाउँपालिका– ४, कानिना गाउँका माधव भट्टका छोरा रमेश गत आइतबारदेखि हराएका हुन् ।
छोरा सुस्त मनस्थितिको भएकाले भेट्टाउन सास्ती भएको बेपत्ता बालकका बुबा माधवले बताए । ‘गाउँपालिकाको ३ र ४ नम्बर वडा पूरै खोजिसक्यौँ तर भेट्टाउन सकेनौँ, हाम्रो शंकामा कसैको गाडीपछाडि बसेको हुनुपर्छ, सुल्लेखान मेलौली सलेना पाटन खोड्पेतिर भेटिएमा हामीलाई सम्पर्क गरिदिन अनुरोध छ’, बेपत्ता बालकका बुबाले भने ।
बालकको खोजी गरिदिन स्थानीय प्रहरी चौकी शैलोडामा निवेदनसमेत दिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए । बेपत्ता रमेशलाई कसैले कतै देखेमा नजिकैको प्रहरी चौकी वा मोबाइल नम्बर ९८६८७४४२६७ मा सम्पर्क गरी सहयोग गरिदिन माधवले आग्रह गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij