
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पुनस् घटेको छ। सोमबार २६ अंकले घटेको नेप्से मंगलबार पुन ३६ अंकले घटेको हो । आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको छ ।
आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij