
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप हुनुपर्नेलगायतका नौ बुँदे माग अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन थालेको छ । गत शुक्रबार राजधानीमा सम्पन्न राष्ट्रिय भेलाको निर्णयानुसार महासंघले आइतबार राजधानीमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघका मागहरू पूरा गर्ने प्रतिबद्धताबाट राज्यपछि हटेका कारण बाध्य भएर आन्दोलनमा जानु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए । मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाको निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्बाही रोकिनुपर्ने, बिमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मूअकरको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने माग छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij