Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

चोरीको आरोपमा श्रीमान श्रीमती पक्राउ

चोरीको आरोपमा श्रीमान श्रीमती पक्राउ

  • काठमाडौं । चोरी गरेको सामानसहित दुई जना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।

    images
    images
    images

    उनीहरुले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर-गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर-गहनासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij