
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । भन्सार विभागले त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि भएको हो ।
सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो । उक्त पहेँलो धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको भन्सार विभागका एक कर्मचारीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उक्त धातु जफत गर्दा थाई नागरिकले आफू लुम्बिनी घुम्न आएको र त्यहाँ चढाउनका निम्ति उक्त सामान ल्याएको आग्रह गरेका थिए । उहाँ (थाई नागरिक)ले आफू लुम्बिनी घुम्न आएको र त्यहीँ चढाउनका लागि उक्त सामान ल्याएको बताउनुभएको थियो ।
तर हामीले सुन भएको आशंकामा प्रयोगशालामा परीक्षण गरेका हौं । पित्तल भएको पुष्टि भएपछि हामीले उक्त सामान फिर्ता गरेका छौं, विभागका एक कर्मचारीले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij