
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको हो ।
भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्। सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।
यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij