Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउन माग  

सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउन माग  

  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन् । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए । 

    images
    images
    images

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए । उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने  बताए । उनले सुनचाँदी व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गरे । 

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताए । उनले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताए । उनले  आयात बढेको र निर्यात घटेकाले व्यापार घाटा चुलिएको बताए । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij