
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको हो । बिहीबार ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
विशाल बजार कम्पनी र लिबेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा अपर हेवाखोला, बोटलर्स नेपाल, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य पनि धेरैले बढेको छ । यस्तै, सिटिजन्स म्युचअल फन्ड र कुमारी इक्विटी फन्डको मूल्य नकारात्मक सर्किट लेबलमा घट्यो ।
आज शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंकको धेरै कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij