काठमाडौं । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।