Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

  • काठमाडौं । बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मंगलबार बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij