Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

  • काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले निक्षेपको ब्याजदर तोक्ने जिम्मा सदस्य बैंकहरुलाई नै दिने भएको छ । आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो । यसअघि बैंकमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दै आएकामा अबदेखि बैंकको स्वनिर्णयमा छाडिएको हो ।

    images
    images
    images

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको दाबी भइरहँदा संघले ब्याजदर निर्धारणको अधिकार बैंक स्वयंलाई दिएको हो । आजको बैठकले ब्याजदरको सीमा नतोक्ने निर्णय गरेको हो । हरेक नयाँ महिना सुरु हुनुअगावै बैंकहरूले ब्याजदर निर्धारण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।

    निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्ने सक्ने निर्णय भएको संघ अध्यक्ष सुनील केसीले जानकारी दिए । यो प्रावधान १ साउनदेखि लागू हुनेछ ।

    राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसत १० प्रतिशत सीमाभित्र रहेर ब्याजदर घटाउन वा बढाउन सक्नेछन् । हाल वाािणज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । २६ असारसम्म बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij