Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परीक्षा पास गराउने ग्यारेन्टी दिँदै ठगी !

परीक्षा पास गराउने ग्यारेन्टी दिँदै ठगी !

  • काठमाडौं । मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गराउने ग्यारेन्टी दिँदै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी ४ कास्कीका बिपिन सापकोटा, पोखरा २ कास्कीका आशिष अधिकारी र अन्नपूर्ण ४ कास्कीका नविन पौडेल रहेका छन् ।

    images
    images
    images

    उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरेको पाइएको छ । साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै  मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ ।

    उक्त कार्यमा संलग्न तीन जना भने फरार रहेका छन् । फरार हुनेमा कास्कीकै अनिलमणी भण्डारी, सुस्मिता घिमिरे र सिरहाका मनोज पंडित रहेका छन् । उनीहरुलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरीवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij