
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । अदालत परिसरभित्रै पार्किङ गर्न पाउनुपर्ने मागसहित जिल्ला अदालत काठमाडौंका कानून व्यवसायी आन्दोलित भएका छन् । बबरमहलस्थित अदालत परिसरभित्र काम विशेषले आउनेलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले कामका लागि आउने सर्वसाधारणका लागि पनि पार्किङ सुविधा दिनुपर्ने माग राख्दै आएका छन् । कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएको छन् ।
कानून व्यवसायीले पार्किङ माग्दै सोमबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले नाराबाजीसमेत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij