Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कलाकारविरुद्ध मुद्दा दर्ता !

कलाकारविरुद्ध मुद्दा दर्ता !

  • काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवसाइटको प्रचार गरेको आरोप लागेका मरीचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो ।

    images
    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अभियोग दर्ता गरेको हो । अरू कलाकारमा दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। एक जना भने अझै फरार छन् ।

    जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

    उक्त ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।
    त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij