
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । प्रहरीले दुई लाख भन्दा बढीको स्टेशनरी सामान बरामद गरेको छ । शुक्रबार राती जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती एवं चेकजाँच गर्दा गुलरिया नगरपालिकाको मथुरा र गणेशपुर तथा बढैयाताल गाउँपालिकाको शितलाबजारबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको २,४१,३७०/. बराबरको स्टेशनरी तथा किराना सामानका साथै सो कार्य गर्न प्रयोगमा ल्याईएका ६ थान साईकल बरामद गरेको हो ।
उक्त बरामत सामान आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij