Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जनतासँग जोडिन राजेन्द्रको बाटो

जनतासँग जोडिन राजेन्द्रको बाटो

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन् । राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको छ । म आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदै छु । ’

    उनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिनुपर्ने बताए । ६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपछि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij