
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंको ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले श्रेष्ठलाई पक्राउ गरेको हो ।
एलओडीमा गएकी एक १६ वर्षीया किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले क्लबका सञ्चालकमाथि पनि अनुसन्धान अगाडि बढाएको हो ।
उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको विषयमा उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । सोही विषयमा प्रहरीले क्लबका सञ्चालक राजुसिंह सुवाललाई बिहीबार पक्राउ गरेको थियो ।
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले कास्कीको पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जेठ ३१ गते १६ वर्षीया बालिका आफ्नी १ जना साथीसँगै एलओडी पुगेकी थिइन्। एलओडी पुगेकी किशोरीलाई साथीसँगै घरमा पुर्याइदिन्छु भनेर बागडोल पुर्याएर बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij