
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं.५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij