
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । शेयर बजार आज बिहीवार खासै घटबढ नभई दुई हजार ४९ विन्दुमै रहेको छ । दिनभर घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा शून्य दशमलव शून्य छ अङ्कले घटेको छ ।
आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढेको छ । सिटी होटल, रेवा इनर्जी र अपर तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोदी इनर्जी लिमिटेडको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ८० वटा कम्पनीका ९७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । समग्रमा आज तीन अर्ब सात करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij