
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । बुधबारको कारोबार सकिँदा सेयर बजार ३९.२६ अंकले घटेको छ । मंगलबार १२ अंक सुध्रिएर त्यसअघि तीन कारोबार दिनमा घटेको बजार सुधारउन्मुख देखिए पनि बुधबार सम्हालिन सकेन ।
उक्त अंकको गिरावटले नेप्से २०४९ कायम भएको छ । कारोबार रकम भने पछिल्लो दिनको तुलनामा सुधार भएको छ । आज करिब ३ अर्ब ७ करोड माथिको कारोबार भएको छ ।
यस्तै, आजको कारोबार सकिँदा सबै उपसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूहले गुमाएको छ । यो ४०९ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ३१०, उत्पादन १०५, होटल ८८ अंकले घटेको छ । कम्पनीगतरुपमा हेर्ने हो भने जम्मा १४ कम्पनीको मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij