
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले अघि बढाएको ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ । मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । संगठित सरकारी लिखत किर्तेमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन सक्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij