Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ललितपुर जिल्ला अदालतका कर्मचारी र प्रधानन्यायाधीशबीच छलफल

ललितपुर जिल्ला अदालतका कर्मचारी र प्रधानन्यायाधीशबीच छलफल

  • काठमाडौं । कानुन व्यवसायीबाट असुरक्षित महसुस गरेको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायी र कर्मचारीको विवादका विषयमा कर्मचारीहरु प्रधानन्यायाधीशसँग छलफलमा रहेका छन् ।

    images
    images
    images

    गत बुधबार कानुन व्यवसायी अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतका कर्मचारी प्रेमिका तामाङबीचको विवाद र हातपातपछि अदालतका कर्मचारी र कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसन दुवैले आन्दोलन तथा विरोध गर्दै आएका छन् । उक्त घटनापछि आइतबार देशभरका अदालतका कर्मचारीले आन्दोलन गरे ।

    त्यस्तै, हिजो मंगलबार देशभरका कानुन व्यवसायीले इजलास बहिष्कार गर्दै आन्दोलन गरेका थिए । साथै, उपत्यकामा रहेका नेपाल बार इकाइका कानुन व्यवसायीले घटनाको विरोध गर्दै मंगलबार ललितपुर जिल्ला अदालत अगाडि नै प्रदर्शन गरेका थिए । मंगलबारको विरोधसभापछि जिल्ला अदालतका कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै सर्वोच्च अदालतसँग विवादको टुंगो लगाउन माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij