Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अदालतका कर्मचारी र वकिलको बेग्लाबेग्लै आन्दोलन, न्याय सम्पादन प्रभावित

अदालतका कर्मचारी र वकिलको बेग्लाबेग्लै आन्दोलन, न्याय सम्पादन प्रभावित

  • काठमाडौं । ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई अधिवक्ताले हातपातको गरेको विषयको असर बार र बेञ्चसम्म पुगेको छ । अदालतकी नासु प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको भन्दै कर्मचारी आन्दोलित छन् । त्यस्तै, लामिछानेलाई झुठो आरोप लगाइएको भन्दै अधिवक्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

    images
    images
    images

    कर्मचारी र अधिवक्ता नै आन्दोलनमा उत्रिएपछि अदालतको न्याय सम्पादनसमेत प्रभावित भएको छ । घटनाको विरोधको विरोधमा ललितपुरको जिल्ला बार एशोसियसन नै सडकमा उत्रिएको छ ।

    असार १३ गते तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij