Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

  • काठमाडौँ ।  नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षका प्रशान्त भन्ने पासाङ भोम्जन रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले इमाडोलबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट ५ सय दरका १६० थान नेपाली रुपैयाँ गरी जम्मा ८० हजार बराबरको नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij