
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जिल्ला अदालत ललितपुरमा कार्यरत रहेकी नासु प्रेमिका तामाङमाथि हातपात गर्ने वकिल अमिर लामिछानेमाथि अदालतको अवहेलना निवेदन दर्ता भएको छ । नासु तामाङले दिएको निवेदनको आधारमा जिल्ला अदालतले प्रतिवेदन तयार गर्दै कानुन व्यवसायीमाथि अवहेलना निवेदन दर्ता गरेको हो ।
१५ जना प्रतिवेदकहरु तयार गर्दै जिल्ला अदालतले टिप्पणी उठाएर वकिल विरुद्ध अवहेलना निवेदन दर्ता गरेको हो । असार १३ गते ४:३० बजे अधिवक्ता लामिछानेले मुद्दाको तारेख लिने क्रममा अभद्र व्यवहार गर्दै महिला कर्मचारीमाथि आक्रमण गरेका थिए । उनको आक्रमणबाट नासु तामाङको दुई वटा दाँत हल्लिएको र कपडा समेत च्यातिएको थियो ।
जिल्ला अदालतका कर्मचारीले आफूहरुको सुरक्षा नभएको भन्दै काम नै नगर्ने चेतावनी दिएपछि अवहेलना मुद्दा दायर गरिएको हो । तामाङको जाहेरीले अधिवक्ता लामिछाने थुनामै रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij