Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पशुपतिमा सुनको जलहरी पुन: स्थापना

पशुपतिमा सुनको जलहरी पुन: स्थापना

  • काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगको गर्भगृहबाट परीक्षणका लागि निकालिएको सुनको जलहरी आज (बिहीबार) बिहान विधिपूर्वक पुनस्स्थापना गरिएको छ । जलहरी पुनस्स्थापनाको काम हिजो (बुधबार) साँझ ६ बजेबाट सुरु भएको थियो ।

    images
    images
    images

    बिहान सबै काम सकेर ५ बजेदेखि नै पशुपति मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । जलहरी जोडेपछि अब तीन दिन क्षमापूजा गरिनेछ । हिजो (बुधबार) जलहरी राख्ने तयारीकै क्रममा दिउँसो २ बजेको विशेष पूजापछि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको थियो ।

    सेनाको सुरक्षामा रुद्रगारेश्वरस्थित लकरमा राखिएको जलहरी भारतबाट कालिगड ल्याएर पुनस् मर्मत र सरसफाइ गरी पुनस्स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी पुनस्स्थापनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि पनि सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij