Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

  • काठमाडौं । १६ मेन्स इस्टर्न रिजन कप– २०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो ।

    images
    images
    images

    नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए । त्यस्तै, सूर्यांशु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे ।

    थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान दुई–दुई विकेट लिए भने सादा र पियावत नेद्रीले सामान एक–एक विकेट लिए । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा  मलेसिया र थाइल्यान्ड छन् ।

    त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । थाइल्यान्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij