
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ललिता निवास प्रकरणमा फरार रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुङलाई मंगलबार बिहान पक्राउ गरेको ब्यूरो स्रोतले जानकारी दियो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई जालझेल गरी हिनामिना गर्न गुरुङले मुख्य भूमिका निर्वाह गरेको अनुसन्धानले देखाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ सहित १७५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनी विशेष अदालतको आदेश अनुसार रु.दुई करोड धरौटीमा रिहा भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij