
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन् । मृतक बाबुछोरी हुन् । गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पाँच जना घाइते छन् र उनीहरूको उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij