Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घुस लिँदालिँदै प्रशासकीय अधिकृत पक्राउ

घुस लिँदालिँदै प्रशासकीय अधिकृत पक्राउ

  • काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित तीन जना ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मरासिनीसहित वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई घुस रकमसहित पक्राउ गरेको जानकारी दिइएको छ ।

    images
    images
    images

    नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरिदिने उद्देश्यले सेवाग्राहीसँग घुस लिएलगत्तै आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरुले घुस बुझेको समेत पुष्टि हुन आएकाले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij