
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बेरामपुर बिहेको कार्यक्रम सकेर फर्किँदै गरेको निजी बससँग ओएसआरटीसी बस ठोक्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु सबै बिहेमा सरिक भएर फर्किएकाहरु हुन् । भारतको उडिसामा आइतवार राति दुर्घटना भएको हो ।
सातजना घाइते भएका छन्, बेरामपुरका एसपी सरावना विवेकले भनुभयो । घाइतेलाई उपचारका लागि एमकेसीजी मेडिकल कलेज पुर्याइएको छ । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन् । बिहेको पार्टी सकेर उनीहरु फर्किँदै गर्दा विपरित दिशाबाट आएको अर्को बससँग ठोक्किएको थियो ।
स्पेसल रिलिफ कमिसनरले घाइतेको उपचारका लागि जनही ३० हजार रुपैयाँका दरले रकम निकासा गरिएको छ । उडिसाका मुख्यमन्त्री नविन पटनायकले घाइते सबैको उपचार निशुल्क हुने र मृतकका परिवारलाई ३ लाख उपलब्ध गराउने घोषणा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij