Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

हराएको सुन जोख्दै पशुपति क्षेत्र विकास कोष 

हराएको सुन जोख्दै पशुपति क्षेत्र विकास कोष 

  • काठमाडौं । पशुपति मन्दिरमा चढाइएको सुनको विषयमा विवाद भइरहेको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपस्थितिमा सुन जोखिने भएको छ । पशुपति मन्दिरको जलहरी राख्दा सुनको दुरुपयोग भएको भन्दै आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले सरोकारवाला निकायले राखेर हराएको भनिएको सुन जोख्न तयार भएको हो ।

    images
    images
    images

    आज ४ बजे सिमीत मानिसको उपस्थितमा सुन जोख्न लागिएको हो । पशुपति मन्दिरको जलहरी राख्नको लागि राज्यकोषबाट एक सय २० केजी सुन खरिद गरेर पशुपति क्षेत्र विकास कोषलाई दिइएको थियो । जलहरी राख्दा सुनमा पित्तल मिसाएर राखिएको आरोप कोषका पदाधिकारीमाथि लाग्दै आएको छ ।

    कोषका पदाधिकारीहरुले सुनमा कुनै अनियमितता नभएको दावी गर्दै आएपनि १० किलो भन्दा बढी सुन हराएको आरोप सरोकारवाला निकायहरुले लगाउँदै आएका छन् ।

    कोषका एक पदाधिकारीका अनुसार जलहरीका लागि खरिद गरिएको सुन मध्ये १ किलो पशुपति मन्दिरका मुल भट्टलाई दिएको दावी गरेका छन । आज सुन जोखिने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij