
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । बर्दियाको बढैयातालमा लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक लागूऔषध कारोबारी भएको प्रहरीअनुसन्धानमा देखिएको छ ।
भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लाको बलैगाउँ हुदै आउने क्रममा बढैयाताल गाउँपालिका २ फुटाहामा शनिबार बेलुका २ सय ८० मिलिग्रामब्राउनसुगरजस्तोदेखिने खैरो धुलो पदार्थसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले पक्राउ परेका भारत बलैगाउँका २५ वर्षीय मनोजकुमार थारु भएको बताएका छन् । जिल्लामा अहिलेसम्म प्रहरीले ठूलो परिमाणको लागूऔषध ब्राउनसुगर फेला पारेको हो,’ उनले भने‚ ‘लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी, बर्दियाको संयुक्त टोलीले जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो ।
हाफ पेन्टभित्र लुकाएर नेपाली भूभाग फुटाहामा प्रवेश गर्दा शंका लागेर जाँच गरिएको थियो । बर्दियामा बढैयातालको जमुनी र गुलरियाको गणेशपुर लागूऔषध भारतबाट भित्र्याउने प्रमुख गन्तव्य मानिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij