
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतले दिएको आदेश नमान्ने चेतावनी दिएका छन् ।
बिहीवार सामाजिक संजाल मार्फत उनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेशबारे आपत्ति जनाए ।
नेपालको सार्वभौमिकता र स्वाधीनतालाई विर्सेर भारतीय चलचित्र फिल्म चल्न दिनु भनेको अदालत र सरकार भारतको गुलाम भएको पुष्टि हुने उनको तर्क छ । उनले बरु आफु जुनसुकै सजाय भोग्न तयार हुने तर काठमाडौंमा फिल्म चल्न नदिने दावी गरे ।
उनले लेखेका छन् ,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij