Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालको राजीनामा

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालको राजीनामा

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले राजीनामा दिएकी छन् । सामाजिक सञ्जालमार्फत ढुंगानाले राजीनामा दिएकी हुन् ।

    images
    images
    images

    अर्यालले काठमाडौं महानगरपालिकाका प्रमुख शाहका पछिल्ला गतिविधिहरू शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायत गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएकी थिइन् । 

    केहि दिन अघि काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन् । उनले अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको बताएकी छन् । 

    नगर प्रहरी लगाएर महानगरमा साना उद्यमीहरूलाई धरपकड गरेको विषयमा आफूले पटकपटक उठाए पनि मेयर शाहले सुनुवाइ नगरेको उनको आरोप छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij