
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेट पुस्तिकाहरूमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएका छन् । पुनः सुरु भएको संसद् बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम राख्न निर्देशन दिए ।
सभामुखको निर्देशनसँगै स्थगित बैठक फेरि सुरु भएको छ । प्रदेशहरूको नाम प्रदेशसभाबाट पारित भएकाले नाम उल्लेख गर्नुपर्ने उनले बताए ।
एमालेले शहरी विकास मन्त्रालयको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नियमापत्ति गरेको थियो । एमालेले नसच्याउँदासम्म बैठक अगाडि बढ्न नदिने अडान लिएको थियो । सोही कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij