
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयर निष्कासनको प्रक्रिया रोकेको छ । बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयरमा नक्कली आवेदन गरेर जालसाजी भएको आशंकापछि रोक्ने निर्णय गरेको हो ।
तत्कालका लागि प्राथमिक शेयर निष्कासनको प्रकृया स्थगित गर्न निर्देशन दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । यसअघि घोराही सिमेन्टले असार ४ गतेसम्म तोकेको आवेदन दिनसक्ने म्यादलाई लम्ब्याएर असार १४ गतेसम्म पु¥याएको थियो ।
सोमबार विज्ञप्ति निकालेर सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गरेको घोराही सिमेन्टको शेयर बिकाउन जालसाजी भएको आशंका गरेको थियो ।
सीडीएसले धितोपत्रको सार्वजनिक निष्कासनमा आर्कषण देखाउन फर्जी आवेदन दिनेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको थियो ।घोराही सिमेन्टले कमजोर र त्रुटीपूर्ण वित्तीय विवरण हुँदाहुँदै पनि प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij