काठमाडौं । जिम्बाब्वेमा आइतबारदेखि सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज पनि दुई खेल हुने भएको छ । आज समूह ‘बी’ अन्तर्गतका दुई खेल हुने तालिका रहेको छ ।
बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा श्रीलंकाले युनाइटेड अरब इमिरेट्स ९यूएई० बीचको खेल हुनेछ । त्यसैगरी, बुलावायो एथलेटिक क्लबमा आयरल्यान्डले ओमानविरुद्ध खेल्नेछ । दुबै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
समूह ‘बी’ स्कटल्यान्ड पनि रहेको छ ।
यसअघि समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ८ विकेट तथा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।