
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ का उत्कृष्ट करदाताहरुको सूचीमा व्यक्तिगततर्फ उत्कृष्ट करदाता विजय शाह बनेका छन् । जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुने भएका हुन् ।
हरेक वर्ष मंसीर १ मा राष्ट्रिय कर दिवसको अवसरमा करदाता सम्मान गर्दै आएकोमा कोभिड–१९ का कारण यस वर्ष विभागले छुट्टै कार्यक्रम गरी करदाता सम्मान गर्ने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij