Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

डेढ करोड बढीको कपडासहित २ जना पक्राउ

डेढ करोड बढीको कपडासहित २ जना पक्राउ

  • काठमाडौं । मकवानपुरको रातोमाटेबाट भन्सार छली गरी ल्याएको करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चौकीबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा जनाएको छ ।

    images
    images
    images

    सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बरको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सो ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij